काठमाडौं : तिहार भन्नेबित्तिकै मिठाई र विभिन्न परिकारको सम्झना आउँछ। बजारमा लड्डुपेडा, बर्फी, काजुकतली र रसबरीको माग बढ्छ। पर्वको रमाइलोमा मिठाईको स्वाद लिँदा त्यसको गुणस्तर र सेवनको मात्राबारे भने कमै ध्यान पुग्छ।विशेषगरी बजारमा आकर्षक देखिने मिठाईमा प्रयोग हुने चिनी, घ्यू, तेल, कृत्रिम रङ तथा अन्य सामग्रीले स्वास्थ्यमा असर पार्न सक्छन्। त्यसैले मिठाईको स्वादसँगै त्यसको गुणस्तर र स्वच्छतालाई पनि प्राथमिकता दिन आवश्यक रहेको चिकित्सकहरू बताउँछन्। तिहारमा मिठाई खरिद गर्दा त्यसको ताजापन र