काठमाडौँ : विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको चिनियाँ जासुसीको आशंकाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ ।चिनियाँ जासुस भएको आशंका गरिएकी व्यवसायी एलिस हुआङसँग जेन्सेनको निकट सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले अनुसन्धान अघि बढाएको हो । अमेरिकी गुप्तचर निकायहरूले एलिस चीन सरकारका लागि काम गरिरहेको आशंका गरेको द न्युयोर्क टाइम्स को रिपोर्टमा उल्लेख छ ।एनभिडियाले भने कम्पनीको गोप्य सूचना वा अमे