काठमाडौँ : यस वर्षको लक्ष्मीपूजाको दिन नेपालमा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्दै ५८७ मेगावाट विद्युत् भारत निर्यातसमेत गरेको जनाएको छ ।आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको प्राधिकरणले जनाएको हो । उक्त समयमा प्रणालीको कुल पिक भार २ हजार ४०० मेगावाट रहेको थियो । विद्युत् आपूर्तिमा कुनै अवरोध नभएको प्राधिकरणले स्पष्ट पारेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्र