काठ्माण्डौँ : इजरायलमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ । राष्ट्रपति इसाक हर्जोगले याशार पार्टीका नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनका लागि अवसर दिएपछि राजनीतिक घटनाक्रम थप रोचक बनेको छ ।आइजेनकोटले पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नै नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले लिकुड पार्टी र उसका सहयोगी दलहरूले यहूदी एकताको कुरा गरिरहेको उल्लेख गर्दै एकताको पक्षमा भए आफ्नो सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।आइजेनकोटको यो प्रस्तावलाई नेतन्याहूले विगतमा विपक्षी