काठ्माण्डौँ : इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको बिबिसिमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेका छन् ।रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी क्षेत्र फायुमतर्फ गइरहेको रेलले कायरोबाट अस्वानतर्फ जाँदै गरेको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।दुर्घटनामा रेलक