बाँके : बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल नजिकै रहेका जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आज आगलागी भएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार विद्युतीय अनियमितताका कारण आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।आगलागी नियन्त्रणका लागि चारवटा दमकल परिचालन गरिएको थियो ।