काठ्माण्डौँ : नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने ।नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा चीनसँग वर्षाका कारण नतिजा ननिस्किए पनि त्यसपछिका तीन खेलमा नेपालले लगातार जित निकाल्यो ।तेस्रो खेलमा हङकङलाई ९