काठमाडौं : बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजारभन्दा बढी नगदसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उक्त रेस्टुरेन्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले घटना स्थलबाट ६,८५,१९५ रुपैयाँ नगद, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबै जनामाथि थ