इनरुवा । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाको अवसरमा सुनसरीका विभिन्न बजारमा पूजासामग्री तथा सजावटका सामग्रीको कारोबार बढेको छ । सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, दुहबी, रामधुनी, बराहक्षेत्रलगायतका बजारमा लक्ष्मीपूजाका लागि आवश्यक सामग्रीको खरिदबिक्री बढेको