अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा तथा सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ। कुकुरलाई सडकमा बेवारिसे छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको नियमित उपचार, औषधोपचार, खानपान र संरक्षणमा नगरपालिकाले सक्रियता देखाएको हो।नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको पहलमा सञ्चालन भइरहेको अभियानअन्तर्गत बजार क्षेत्रमा रहेका कुकुरलाई नियमित औषधि खुवाउने, बिरामी तथा घाइते कुकुरको उपचार गर्ने र रेबिजविरुद्धको खोप लगाउने क