काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र उजुरीकर्ताबिच नेपाल प्रहरीको साइबर ब्यूरोमा सहमति भएको छ । उनीमाथि परेको उजुरीका सन्दर्भमा छलफलका बोलाएपछि सहमहामन्त्री शिवाकोटी आइतबार भोटाहिटीस्थित ब्यूरो पुगेका थिए । पत्रकार रोशन खड्काको उजुरीका आधारमा ब्यूरो पुगेका शिवाकोटी र खड्काबिच सहमति भएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका