काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ परेका छन् । काठमाडौँ, बाँके, भक्तपुर, चितवन लगायतका जिल्लाबाट २८ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–४ घर भएका ४९ वर्षीय सुनिल श्रेष्ठ समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ८५ हजार १ सय ९५ रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाइपास बस्ने ४७ वर्षीय देवबहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्दसहित ७ जनालाई शनिबार ... The post विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ appeared first on Kalika Khabar.