लक्ष्मीपूजाको दिन काठमाडौँमा बढ्यो फूलको व्यापार (तस्बिरहरू)

  • आइबार​ २३ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : आइतबार यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको दिन काठमाडौँमा फूलको व्यापार बढेको छ। उपत्यकाका विभिन्न स्थानमा तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ। लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउनका लागि सयपत्री फूलको अत्यधिक प्रयोग हुने गरेको छ। काठमाडौँ महानगरपालिकाले स्थान नै तोकेर फूलको खरिदबिक्री गर्ने व्यवस्था मिलाएको छ। यस वर्ष तिहारमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। सयपत्री फूलका साथै भाइटीकामा प्रयोग