कात्तिक २२, काठमाडौं । राजधानीको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ । क्लब प्रांगणमा आज एक कार्यक्रम गरी वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो । प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई रु