१८९ शाखा अधिकृत सिफारिस हुँदा ४० महिला, खुलामा ज्योति घिमिरे पहिलो (सूचीसहित)

  • आइबार​ २३ कात्िक २०८३ ०१:३२ PM
काठमाडौँ । लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट १८९ जना शाखा अधिकृत पदमा सिफारिस हुँदा ४० जना महिला परेका छन् । सिफारिस हुने महिलामध्ये प्रशासन सेवाको खुलातर्फ ज्योति घिमिरे पहिलो नम्बरमा रहेकी छन् । आयोगको सिफारिस सूचीअनुसार प्रशासन सेवातर्फ सबैभन्दा धेरै १६९ जना सिफारिस भएका छन् । त्यस्तै, लेखा परीक्षण सेवातर्फ ११ जना र परराष्ट्र सेवातर्फ नौ जना गरी कुल १८९ जना शाखा अधिकृतमा सिफारिस भएका हुन् । प्रशासन सेवातर्फ सिफारिस भएका १६९ जनामध्ये ३७ जना महिला छन् । तीमध्ये खुलातर्फ ९३ जना सिफारिस हुँदा १० जना महिला सिफारिस भएका छन् भने महिलातर्फ २४ जना र आदिवासी जनजाति समूहबाट तीन जना महिला सिफारिस भएका छन् । प्रशासन सेवाको खुला प्रतिस्पर्धाबाट सिफारिस भएका १० जना महिलामध्ये ज्योति घिमिरे पहिलो नम्बरमा रहेकी छन् । त्यस्तै, मबिला खड्का चौथो, प्रतिमा ज्ञवाली २५औँ, अस्मि सापकोटा २९औँ, पवित्रा कार्की ३८औँ, शर्मिला सुवेदी ५१औँ, सङ्गीता खनाल ७५औँ, यशोदा कपाडी ७७औँ, सरुना खड्का ८९औँ र पूजा कार्की ९१ औँ नम्बरमा सिफारिस भएका छन् । प्रशासन सेवाको महिलातर्फको आरक्षणबाट निर्मला पोख्रेल, गायत्री शर्मा, विमला खनाल, सरला घिमिरे, सुस्मिता थापा, निशा केसी, सीता अधिकारी, जुना पोखरेल, सोनिया भुसाल, राधिका श्रेष्ठ, कल्पना पन्थी र शान्ति पुन सिफारिस भएका छन् । त्यस्तै, प्रतिमा पौड्याल, बिनु थापा, चिना रेग्मी, कविता कुँवर, टङ्कमाया सुब्बा, लक्ष्मी अर्याल, चन्द्रा बोहरा, रचना पौडेल, लक्ष्मी थापामगर, गोमा बस्नेत, अनुषा बास्तोला र नमिता भुसाल पनि महिलातर्फबाट सिफारिस भएका छन् । महिलातर्फ २४ जना सिफारिस हुँदा २० जना खस आर्य समुदायकै सिफारिस भएका छन् भने चार जना आदिवासी जनजाति समुदायको महिला सिफारिस भएका छन् । आदिवासी जनजाति समूहबाट प्रशासन सेवातर्फ २२ जना सिफारिस हुँदा तीन जना मात्रै महिला सिफारिस भएका छन् । जसमा रितु मण्डल, बिद्या लिम्बु र प्रियङ्का राई सिफारिस भएका हुन् । परराष्ट्र सेवातर्फ सिफारिस भएका नौ जनामध्ये दुई जना महिला छन् । खुला प्रतिस्पर्धाको दोस्रो नम्बरमा गीता बोगटी र महिलातर्फ पूजा पौडेल सिफारिस भएकी छन् । त्यस्तै, लेखा परीक्षण सेवातर्फ ११ जना सिफारिस हुँदा महिलातर्फ रेखा सुवेदी एक जना मात्रै परेकी छन् । यसरी तीन वटै सेवामा खुला प्रतिस्पर्धा तथा विभिन्न आरक्षित समूहबाट गरी १८९ जना शाखा अधिकृत सिफारिस हुँदा ४० जना महिला समेटिएका छन् ।