काठमाण्डु- कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आइतबार कुकुर पूजा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ। उक्त अवसरमा यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा सर्वोत्कृष्ट ठहरिएको प्रहरी कुकुर ‘लियो’लाई पुरस्कृत गरिएको थियो। ल्याब्राडोर रिट्रिभर जातको भाले कुकुर ली गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नुवाकोटमा सञ्चालन गरिएको खोज तथा उद्धार