दैलेखमा हतियार प्रहारबाट एकै परिवारका ५ जना घाइते,एकको अवस्था गम्भीर

  • आइबार​ २३ कात्िक २०८३ ०१:०१ PM
दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा धारिलो हतियार प्रहारबाट  एकै परिवारका ५ जना गम्भीर घाइते भएका छन् । ठाटिकाँध गाउँपालिका वडा नं। ४ धनकोट बस्ने अन्दाजी ३६/३७ वर्षका बम बहादुर रावतले स्थानीय चन्द्र बहादुर पुन मगरको घरमा पसेर घरेलु हतियार (हँसिया) प्रहार गरेका हुन् । आइतबार बिहान हँसिया प्रहारबाट स्थानीय चन्द्र बहादुर पुनकी श्रीमती , भाइबुहारी,दुई छोरी र ३ महिनाकी नातिनी घाइते भएका छन् ।पुनकी श्रीमती बिमा मगरको टाउको र अनुहारमा गम्भीर चोट लागेका छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जना