कर्णाली र भेरी क्षेत्रका आदिमवासी शिल्पी समुदाय र जातजातिका चाडपर्व केवल मनोरञ्जन नभई सीमान्तकृत समुदायको अस्तित्व र ऐतिहासिक पहिचानसँग जोडिएका छन्। नयाँ पुस्तामा यी मौलिक सांस्कृतिक सम्पदाको महत्त्व पुर्याउनु आजको प्रमुख आवश्यकता हो।आदिमवासी शिल्पी समुदायमा भसी पर्व : कर्णाली र भेरी क्षेत्रका आदिमवासी रैथाने शिल्पी समुदाय (कामी, दमाई, सार्की, बादी र कुलोला) मा सदियौंदेखि विशिष्ट सांस्कृतिक परम्पराहरू अभ्यास हुँदै आएका छन्। यस क्षेत्रमा सामान्य तिहारको साटो ‘भसी’ (भुओ वा भूवा) ख