मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

  • आइबार​ २३ कात्िक २०८३ ०६:१४ AM
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् । “तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भनेका छन् । उनले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताए । पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका ... The post मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह appeared first on Kalika Khabar.