काठमाण्डु- काग, कुकुरदेखि गाई, गोरुसम्म पशुपंक्षीको पूजा गरिने तिहारको मौलिक सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुग्न नसकेको भन्दै संस्कृतिविद्हरूले यसको अध्ययन, संरक्षण र प्रचारप्रसारमा जोड दिएका छन् । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकका अवसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) ले आयोजना गरेको ‘तिहार र देउसी–भैलोको सांस्कृतिक महत्त्व’ विषयक अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक तथा