काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान करिब सवा १० बजे पहिरो खसेपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन उपकरण परिचालन गरिएको छ । करिब आधा घण्टाभित्र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको