बढ्दै फूलको उत्पादन, फैलिँदै बजार

  • आइबार​ २३ कात्िक २०८३ ११:०० AM
काठमाडौं : तिहार भन्नासाथ घरआँगनमा झुन्डिएका सयपत्रीका माला, ढकमक्क फुलेका मखमली र फूलको सुगन्धले भरिएको वातावरण सम्झनामा आउँछ।दिदीबहिनीले दाजुभाइलाई माला लगाएर दीर्घायुको कामना गर्ने भाइटीकादेखि घर, मठमन्दिर र बजार सजाउने परम्परासम्म फूल तिहारको अभिन्न हिस्सा बनेको छ। पछिल्लो समय नेपालमै व्यावसायिक फूलखेती विस्तार हुँदै जाँदा तिहारको बहारमा स्वदेशी फूलको सुवास पनि थपिन थालेको छ।कुनै समय चाडपर्व र विशेष अवसरमा आवश्यक पर्ने फूलका लागि विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्था थियो। तर, हाल