हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहारको विशेष दिनका रूपमा रहेको आजको रात घरलाई सफा–सुग्घर गरी दीप प्रज्वलन, झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले उज्यालो बनाइन्छ । धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक