विश्वमा ‘शक्ति नै सत्य हो’ भन्ने खतरनाक धारणा देखापर्यो : ज्ञवाली

  • आइबार​ २३ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकालीन विश्वमा भू-राजनीतिक, आर्थिक र प्राविधिक परिवर्तनसँगै 'शक्ति नै सत्य हो' भन्ने खतरनाक धारणा पुनः देखा परेको बताएका छन्। साइप्रसको निकोसियामा साइप्रस कम्युनिष्ट पार्टीको १०० औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य ज्ञवालीले शक्तिशालीको नियमभन्दा अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ता माथि हुनुपर्नेमा जोड दिएका हुन्। ‘शान्ति शक्तिश