बीपी राजमार्ग : २२.६ किलोमिटर सडकलाई ३ खण्डमा विभाजन गरी पुनर्निर्माण

  • आइबार​ २३ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : २०८१ सालको बाढीले तहसनहस बनाएको बीपी राजमार्गको पुनःनिर्माणले गति लिन थालेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुलीतर्फको क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण सुरु गरेसँगै काभ्रेपलाञ्चोकतर्फका तीन खण्डमा पनि निर्माण कार्य तीव्र पारिएको छ।चारवटै खण्डको पुनर्निर्माणलाई गति दिँदै आगामी वर्षायामअघि नै काभ्रेतर्फका सडकमा एक तह कालोपत्रे गर्ने तयारी गरिएको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणका लागि जाइकासँग २ अर्ब ६० करो