काठमाडौं : हिन्दूहरूको महान चाड दसैं सकिए लगत्तै दोस्रो ठूलो चाड तिहार नजिकिएको छ। चाडबाडले बजारमा चहलपहल बढेको छ, अर्थतन्त्र चलायमान भएको छ। दसैं र तिहारको बीचमा एक साता सेयर कारोबार भयो। दसैंअघिको सातामा सेयर बजार सुधार देखिए पनि तिहार नजिकिएसँगै खुम्चिन पुगेको छ। लगानीकर्तामा बजारप्रति चमक देखिएको छैन।कात्तिकको तेस्रो सातामा ५ दिन सेयर कारोबार भएकोमा नेप्से ३ दिन सामान्य अंकले बढेर २ दिन उच्च अंकले घट्यो। अघिल्लो साता पनि ५ दिन कारोबार भएकोमा ३ दिन बढेर २ दिन घटेको थियो।अघिल्लो साताको अन्तिम