तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

  • आइबार​ २३ कात्िक २०८३ ०१:४२ AM
मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराहरूले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन्। यस्ता सांस्कृतिक अभ्यासहरूले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण गर्छन्। नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइने तिहार पनि धार्मिक आस्था, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव, प्रकृतिप्रतिको सम्मान र आर्थिक गतिविधिसँग जोडिएको