काठमाडौं : पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोको मध्यभागमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे सहरको व्यस्त मेन मार्केट स्क्वायरमा कारबाट आएका एक व्यक्तिले सर्वसाधारणमाथि जथाभावी गोली प्रहार गरेका थिए । गोली चल्न थालेपछि मानिसहरू भागाभाग गरेका थिए । आक्रमणका क्रममा एउटा ट्राममा समेत गोली लाग्दा झ्यालका सिसा फुटेका थिए । तर ट्राममा सवार यात्रु भने घाइते भएनन् ।घटनाको सूचना पाएलगत्तै प्र