नेपालमा बर्सेनि ८० हजार मानिस जलनबाट प्रभावित, विशेषज्ञ चिकित्सकको चरम अभाव

  • आइबार​ २३ कात्िक २०८३ ०६:०० AM
काठमाडौं : नेपालमा बर्सेनि करिब ८० हजार मानिस जलनबाट प्रभावित हुने गरे पनि उपचार गर्ने विशेषज्ञ चिकित्सकको चरम अभाव रहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलमा जलन उपचारको नेतृत्व गर्ने प्लास्टिक सर्जन करिब ३० जना मात्रै दर्ता छन् । तीमध्ये पनि सबै यस क्षेत्रमा सक्रिय छैनन् ।कुल जलनका बिरामीमध्ये ६ देखि ७ हजार जना गम्भीर प्रकृतिका हुने र उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । बिरामीको सङ्ख्या ठूलो भए पनि सीमित विशेषज्ञ जनशक्तिका कारण देशको जलन उपचार प्रणालीमा चुनौती थपिएको छ ।विशेष