सुनसरी – धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । शनिबार आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शंकर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई संकलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताए । उनले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ