कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

  • शनिबार २२ कात्िक २०८३ ०२:३२ PM
काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीएको अन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन् । सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल