काठमाडौं : चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन् । कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन् ।चीनका चुनजुङ वाङ र शुतिङ याङले दुई–दुई विकेट लिए । नेपालले दिएको १४२