काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १८ औं खेलमा पावरप्लेमा लुम्बिनी लायन्सका आधाभन्दा बढी ब्याटर पेभेलियन फर्किएका छन्। शनिबार त्रिवि क्रिकेट स्टेडियममा काठमाडौं गोर्खाजको उत्कृष्ट बलिङसँगै लुम्बिनी लायन्सले पावरप्लेमा ६ विकेटको क्षतिमा ३४ रन बनाएको हो। लुम्बिनी लायन्सका लागि निरोशन डिकवेल्लाले मात्रै दोहोरो अंकमा रन बनाउन सके। उनले १४ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पावरप्लेमा जहानदाद खानले उत्कृष्ट बलिङ गरे । उनले ३ ओभरमा ४ विकेट ल