भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता परिवारका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने

  • शनिबार २२ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : सरकारले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रथम चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने निर्णय भएको जनाएको छ। यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने मन्त्रालयको तयारी छ।मन्त्रालयले यसअघि नै 'सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३' स्वीकृत गरी बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएकाका सन्तानको लागि निःशुल्क व