काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् । उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्ने आशय व्यक्त गर्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् । शनिबार काठमाण्डुको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाण्डु जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै