काठमाण्डु – विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’मा सहभागी विज्ञहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।