देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’

  • शनिबार २२ कात्िक २०८३ ०१:५३ PM
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र