काठमाडौं : नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन्।शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन्। ‘जति गगन थापाको कुरा गर्यो, त्यति नै उनको महत्व बढ्छ, त्यसैले कुरै नगरौं,’ कोइरालाले भने।गगन थापालाई लक्षित गर्दै उनले हरेक कार्यक्रममा नाम उच्चारण गर्न आवश्यक नरहेको बताए।