वार्नरको अर्धशतकमा काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

  • शनिबार २२ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा डेविड वार्नरको अर्धशतकमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको हो। काठमाडौं गोर्खाजको लागि डेविड वार्नरले सर्वाधिक ६६ रन बनाए। उनले ५० बलमा ९ चौका र १ छक्का प्रहार गरे। वार्नरले पहिलो विकेटको लागि अर्का ओपनर साहिल पटेलसँग १०४ रनको शतकीय साझेदारी बनाएका