नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्याली आयोजना गरेको छ । र्यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा