नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७००