काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १८ औं खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको काठमाडौं गोर्खाजले पावरप्लेमा बिना कुनै विकेटको क्षति ४५ रन बनाएको हो। काठमाडौं गोर्खाजको लागि ओपनर डेविड वार्नरले ३१ र साहिल पटेलले १२ रन बनाएर खेलिरहेका छन्। यी दुई ओपनरले गजबको साझेदारी बनाइरहेका छन्। पावरप्लेमा लुम्बिनीले ४ बलर लगाएर पनि विकेट निकाल्न सकेन। काठमाडौ