साहित्यकार मोती शोभा श्रेष्ठको पाँचवटा नयाँ कृति लोकार्पण

  • शनिबार २२ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : साहित्यकार मोती शोभा श्रेष्ठको पाँचवटा नयाँ कृतिहरू लोकार्पण गरिएका छन्। नेपाली साहित्यमा एकैपटक बहुभाषिक र बहुआयामिक कृतिहरू सार्वजनिक हुँदा यसले नेपाली साहित्यिक क्षेत्रमा नयाँ उचाइ थपेको उपस्थित वक्ताहरूले बताएका छन्।नेपाली भाषामा सपनाको उडान (कथासङ्ग्रह) र यात्राको वेग: अनुभूतिको संवेग (यात्रा संस्मरण) गरी दुई कृति लोकार्पण भएका छन्। त्यसैगरी नेपाल भाषातर्फ तक्यङ्गु सुका (कथासङ्ग्रह) र रङ्गीचङ्गी स्वान छायपियातगु केब (लघु उपन्यास) प्रकाशित भएका छन् भने अङ्ग्रेजी भाषामा लघु उपन्यास