काठमाण्डु – नेपाल संवत्, तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले विद्युत् उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्मको व्यवस्थापन चुस्त बनाएको हो । उज्यालो र उल्लासको पर्व तिहारमा विद्युत् आपूर्ति अवरुद्ध हुन