जुवातास खेल्दाखेल्दै ५९ जना पक्राउ

  • शनिबार २२ कात्िक २०८३ १२:११ PM
काठमाण्डु – देशभर जुवातास खेल्दाखेल्दै प्रहरीले ५९ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ