काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेल हुँदैछ । उक्त खेलमा टस जितेको लुम्बिनीले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको छ । लुम्बिनीले सुरुमा बलिङ गर्ने भएको हो ।