काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । दीपावलीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले ओभल अफिसमा दीप बालेर समारोहको सुरुवात गरेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार कार्यक्रममा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, सेलिब्रिटी सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका प्रमुख कार्यकारी