गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका बासिन्दाले सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्नुपरेको बताए । उनले हिमाली जिल्लाका धेरै ठाउँमा सडक नपुगेका कारण मानिसले सामान