काठमाडौं : नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको १८ औं खेलमा काठमाडौं गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर काठमाडौं गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन्। काठमाडौंको यो चौथो र लुम्बिनीको यो पाँचौं खेल हो। लुम्बिनीले यो खेल जितेमा प्लेअफ पुग्नेछ। लुम्बिनी जारी एनपीएलको अपराजित एक मात्र टोली हो। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो ख