तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच

  • शनिबार २२ कात्िक २०८३ १०:२८ AM
चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ। चाडपर्व सुरक्षा